कांग्रेस के आधारमा सरकार गठनको कुरा गर्ने,नेकपा फुटेकै छैन

काठमाण्डौ ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

सर्वोच्चले संसद् पुनर्स्थापनको फैसला गरे पनि अहिलेसम्म नेकपा कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले अन्य विषयमा सोच्न उपयुक्त नहुने पदाधिकारी बैठकले निर्णय गरेको छ ।दुई तिहाइ बहुमत नेकपासँगै छ, अहिलेसम्म उनीहरू फुटेका छैनन्, कांग्रेसले के आधारमा सरकार गठनको छलफल गर्ने एक पदाधिकारीको भनाइ छ ।बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताउनुभएको थियो ।
सहकार्यका लागि बुधवार प्रचण्ड र माधव नेपालले सभापति देउवालाई भेटेको विषयमा पनि बैठकमा कुरा भएको थियो । जवाफमा देउवाले प्रचण्ड र नेपालसँग कुरा गरेको तर अहिले सरकार गठनमा सहभागी हुने विषयमा कुनै निर्णय नदिएको बताउनुभएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close