अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शुन्य

सागर महत /अर्घाखाँची ।
अर्घाखाँची कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेपछि अर्घाखाँची संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो । जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शुन्य रहेको छ ।
अर्घाखाँचीमा कुल कोरोना संक्रमित ८ सय १ मध्ये ७ सय ८८ जना डिस्चार्ज भएका छन,भने संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १३ जनाको मृत्यु भईसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close