कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाण्डौं ।नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा राजीव झाले जानकारी दिनुभयो ।जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उहाँको आँखा भने खोलेका छैनन् ।
उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा। झाले भन्नुभयो–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’
कमेन्ट गर्नुहोस !