खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख साह घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकम सहित पक्राउ गरेको छ ।
इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानी खोलाबाट २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !