कोरोनासँगै बढ्दो आत्महत्या

-पुष्कर उपाध्याय
संसारले भोगिरहेको कोरोना भाइरसको सन्त्रासबाट नेपाल अछुतो रहन सकेन । विश्वका ठुला ठुला विकसित ठानिएका देशहरुलाई कोरोनाले घुडा टेकाउँदै गर्दा नेपाल जस्तो सानो र पिछडीएको मुलुकले यसबाट कति क्षति बेहोर्नु पर्ने हो ? कुनै लेखाजोखा त के अनुमान लगाउन समेत कठिन छ ।
नेपाल सरकारले यसबाट जोगिनका लागि भन्दै लामो समय लकडानउ समेत ग¥यो । न्युन आर्थिक अवस्था भएका नागरिकहरुले भरिएको देशमा चार महिना लकडाउन भएर रोजी रोटी नै गुमाउदा कोरोनाले भन्दा भोकले मर्ने स्थीती पैदा हुदाँ लकडाउन खुकुलै बनाउने बाहेकको विकल्पमा सरकार रहन सकेन ।
हाल नेपालमा करिव २४९५७ को संख्यामा कोरोना संक्रीमत छन जसमध्ये ९५ को मृत्यु भएको तथ्यांक छ । हालको तथ्याङ्कलाई मात्रै हेर्नेहो भने मृत्युदर त्यति बढि होइन तर यसले आगामी दिनमा पार्ने क्षतिको बारेमा भने कल्पना गर्न सकिन्न ।
देश भरिमा कोरोनाको कारण मर्नेको संख्या भन्दा यस लकडाउन अबधी भरमा आत्महत्या गरि मर्नेको संख्या बढि रहेको छ । यस लकडाउन अबधी भरमा गुल्मी जिल्लाबाट आत्महत्या गरि मर्नेको संख्या चैतबाट यता ३६ रहेको छ । गुल्मी जिल्लामा आत्म हत्या गर्नेहरुको उमेरलाई हेर्ने हो भने १५ देखी २० बर्ष उमेर समुह बढि छ । गुल्मी जिल्लाबाट आ.ब.०७६/ ०७७ सालमा ८० जना आत्महत्या गरि मर्नेको तथ्यान्क रहेको छ । विगतका इतिहासलाई हेर्दा नेपालमा स्बास्थ्य क्षेत्रमा धेरै परिबर्तन भएकि जस्तो आभाष आम नागरिकले गरेतापनि अहिलेको यस महामारीको नियन्त्रण र संक्रमितको उपचारको विषयमा नेपाल कुनै खास निर्णयमा पुग्न सकेको छैन । नेपालमा स्थास्थ्य क्षेत्र भित्र मानसिक स्वास्थ पनि मुख्य अंस हो भन्ने ज्ञान र त्यस सम्बन्धी योजनाको खासै विकास भएको पाइकदैन । स्वास्थ्यको क्षेत्रमा शारीरिक स्वास्थ्यको बारेमा निकै चर्चा गरेता पनि मानसिक स्बास्थ्यको बारेमा निकै कमै उल्लेख गरेको सुनिन्छ ।
भनिन्छ, मर्ने कसैलाइ रहर हदैन तर किन मानिस आपm्नो अमुल्य र स्वर्णिम जिवन ध्वस्त पार्दछ ? भविष्यको उज्यालो दिनको पर्खाइमा कुर्न नसकेर बर्तमानको असन्तुष्टि तथा अभावको खेपिनसक्नु पिडा हृदयले थाम्न नसक्दा मान्छेले एकै पलमा मर्ने निर्णय लिन्छ तर त्यही पललाई केहि ब्ोर सहेर हेर्दा फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ । आत्महत्या गर्ने सोच निर्णय र बिचारमा परिबर्तन आउन सक्छ । भनिन्छ ,नि जहाँ समस्या त्यहीँ उपाय । उपायका लागि बाटो नखोज्ने, अभावमा अन्धकार देख्ने उज्यालोका लागि पर्खन नसक्ने हामे्रा मनोभाव आत्म हत्याको मुख्य कारण हो । यस सम्बन्धी जनचेतना मुलक अभियान तथा शैक्षिक कार्यक्रमको तर्जुमा भएको पाइदैन ।
बर्षेनी आत्महत्या गर्नेको संख्यामा भारी बृद्दि हुदै गर्दा नेपालमा पुरुषको संख्या भन्दा महिलाको संख्या बढि रहेको देखिन्छ । यस लकडाउन अबधी भरमा मानिसहरु घरभित्र वा एकान्त बासमा बस्ने, पेशा ब्यवसाय गर्न नपाउने ,समयको सहि सदुपयोग गर्न नपाउने ठेटमै भन्दा काम विहिन जस्तो वेवारिसे अवस्थामा बसिरहदा अनाबश्यक मनमा कुरा खेल्ने जस्ता समस्याले गर्दा मानिसहरुले सामाजिक सञ्जालको दुरप्रयोग गरेको पाइएको छ । विश्व भरिमा चर्चामा रहेको सामाजिक सञ्जाल आजको आवश्यकता संगै मृत्युको कारक पनि बन्न पुगेको छ । लकडाउन अबधी बृद्दि हुदै जाँदा चरम आर्थिक अभाब, उदास र निरासबादी भाबना, भबिष्यप्रतिको अन्लौता, दिर्घरोगीलाई दुरब्यबहार र अहिलेको सामाजिक सञ्जालबाट हुने असफल प्रेम सम्बन्ध जस्ता कारणबाट हिजोआज आत्महत्या गर्नेको संख्यामा भारी बृद्दि भएको छ भनि अनुमान गर्न सकिन्छ ।
जीबन सङ्गघर्ष हो,र सङ्गघर्ष नै जिन्दगीको जिउने आधार हे । आजको मानिस सङ्गघर्ष पछिको खुसी भन्दा लगानी बिनाको फलको आस धेरै गर्ने गरेको पाइन्छ । आजको मानिस बर्तमानको दुख कष्टबाट मुक्ति पाउनका लागि संघर्ष भन्दा पनि मृत्यु रोज्ने दुस्साहसरुपीे निर्णय लिने गर्दछन । यस अर्थमा लाग्छ संर्घषको चेत रुपी शिक्षा हामिले पाएका छैनौं ।
मानिसको जीबन कुमालेको काँचो माटो हो मानिसले आफ्नो जीवनलाइ जस्तो चाह्यो त्यस्तै बनाउन सक्छ । मानिसको जिवनमा न कसैले सोचे जस्तो हुन्छ,न रोजे जस्तो । कुन बेला, कुन मोडमा कस्तो परिस्थीति आउँछ आफैँलाई थाहा हुदैन तर परिस्थीतीको समाना गर्नेहरु सुन्दर भाडो बन्छन भने परिस्थीतीलाई भुत संम्झीनेहरु जिवनको बर्बाती तर्फ उन्मुख हुन्छन । यस अर्थमा पनि परिस्थीतीसंग जुध्ने हिम्मत बढाउने खालको चेतना आवस्यक छ जस्तो लाग्छ ।
अलिकति धार्मिक बन्ने हो भने , मानिसलाई भगवानले जीवन मात्र होइन जीउने आधार पनि दिएका हुन्छन दुख कष्ट सबैको जीवनमा आउछ र त्यस्ता दुख कष्ट पार गर्न भगवानले सुखको मार्ग दिएका हन्छन मानिस धैर्यता गर्न सक्नुपर्दछ । खैर आध्यत्मिक बन्ने हो भने पनि न लिएर आएको केहि छ न लिएर जाने केहि छ त्यसैले धैर्य र सन्तोष हुनु पर्ने हो त्यो पनि छैन हामिमा । प्रसंग यस बिषम परिस्थितिको बेलामा धैयता पुर्बक बस्न आवश्यक देखिन्छ । साथै नैरास्यतामा रहेकाहरुको ध्यान र मध्यनजर गरि उनीहरुका लक्षण र चिन्हहरु परिचान गरि सकरात्मक प्ररेणा जगाउने, नियमित ध्यानमा राखि नकरात्मक विचारबाट प्रभाबित हुनबाट जोगाउने, लागुपदार्थ र मध्यपानको लतबाट छुटाउने,जिवन जिउन सङ्गघर्ष गर्न उत्प्रेरणा जगाउने र लक्षण र चिन्हहरु देखिए मनोचिकित्सकसँग उपचार र परामर्स लिने जस्ता कार्यहरु गरेमा आत्महत्यालाइ कम गर्न सकिन्छ ।
दुःख र निराशाको क्षणलाइ धैर्य गरेर केहि बेर पर्खने हो भने त्यो पल बितेर जान्छ आप्mनो आत्महत्याको सोच,निर्यण र विचार परिवर्तन हुन सक्छ हाम्रो १ मिनेट समयले कसैको ज्यान पनि जोगिन सक्छ भने आत्महत्याको प्रयास गर्ने मानिसलाइ १ मिनेट समय दिएर मन खोलेर सहयोग गरौँ कोही कसै ब्यतिmलाइ तपाईको आज आवश्यकता पनि परेको हुन सक्छ सेवा नै धर्म हो । आफु मात्रै होइन अरुलाई पनि बचाऔं । तपाई कोरोनाबाट सुरक्षित हुदौ गर्दा अन्य धेरै सुरक्षित हुने निश्चीत छ । संयमता अपनाऔं मानवताको भावना जागृत गरौं कोरोनाको प्रभावको यस विषम परिस्थीतीको हामिले लिन सक्ने सकरात्मक फाइदा लिउ र समाजलाई पनि दिउ ।
-लेखक उपाध्याय स्वास्थ्यमा कलम चलाउँदैं आउनुभएको छ ।
कमेन्ट गर्नुहोस !