अर्घाखाँचीमा एक हप्ता लकडाउन हुने

सबैको सन्देश /सागर महत अर्घाखाँची ।
अर्घाखाँचीमा १ हप्ताकालागि लकडाउन हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयोजनमा भएको सर्बपक्षिय बैठकले १ हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
लकडाउन भोलि बुधबार विहान ६ बजे देखि लागु हुने गरि १ हप्ताकालागि गर्ने निर्णय भएको बताईएको छ ।यस्तै छिमेकी जिल्लामा समेत कोरोना संक्रमण बढ्दै गएईरहेको र जिल्ला पनि जोखिममा रहेको भन्दै थप सुरक्षित रहनको लागि यस्तो निर्णय गरिएको हो ।
जिल्लामा रहेका कुल ३ सय ३० जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको सहायक प्रमुख  जिल्ला अधिकारी विनोद खनालले जानकारी  दिनुभयो । निको भएर डिसचार्ज हुनेको संख्या ३ सय २४ रहेको छ ।
जिल्लामा हाल ३ जना कोरोना संक्रमित रहेका छन । संक्रमित हुनेमा भुमिकास्थान नगरपालिकाका दुई पुरुष र शितगंगा नगरपालिकाका १ पुरुष रहेका छन् । उनिहरु हाल स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।जिल्ला बाहिर तथा भारतबाट आएका १ सय ६१ जना विभिन्न क्वारेन्टाइनमा बसेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close