अभिनव चौहानको निर्देशनमा छड्के सलाम छ रानी हजुरलाई बोलको काठे भाका सार्वजनिक

एउटा गीत बजारमा ल्याउँदा धेरै जना व्यक्तिहरुको हात हुने गर्दछ।अर्थात गीत बनाउने काम सामुहिक कार्य हो।गीतको शब्द संगीत स्वर अभिनय निर्देशन लगायतका अनिवार्य कुराहरूको संयोजन पछि मात्रै गीतले पूर्णता पाउने गर्दछ।नेपाली सांगीतिक क्षेत्रमा एउटा उदाउँदो नाम हो अभिनव चौहान ।
उनको निर्देशनमा भर्खरै मात्र छड्के सलाम छ रानी हजुरलाई बोलको काठे भाका सार्वजनिक भएको छ।यस्ता भाकाहरु विशेषगरी काठमाडौंं आसपासका जिल्लाहरुमा प्रचलित भाका हुन् ।
दिनेश श्रेष्ठ,सीता लामा र शुशिला लामाले आवाज दिएको यस गीतमा शब्द सपना लामाले लेखेकी हुन भने गोविन्द घोरासैनीले लय गरेका छ।सगरमाथा युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतमा अभिनव चौहानको उत्कृष्ट निर्देशन देख्न सक्नुहुनेछ ।
भिडियो हेर्नुहोस
कमेन्ट गर्नुहोस !