अन्जु पन्तको आवाजमा निरमाया बोलको गीत सार्वजनिक

अभिनव चौहान/ काठमाडौंं।
नेपाली गीत संगीतको बजारमा पछिल्लो समय लोक दोहोरी गीतहरुले राम्रो बजार तताएका छन् ।अर्को शब्दमा भन्ने हो भने लोक दोहोरी गीतहरुले निकै ठुलो फड्को मारिरहेका छन्।लोक दोहोरी गीतका श्रोता दर्शकहरु बढ्दो क्रममा छन् ।ऊनीहरुको सांगीतिक प्यास मेटाउनको लागि नेपाली गीत संगीतको बजारमा थुप्रै गीतहरु समय समयमा सार्वजनिक भैरहेका हुन्छन् ।त्यसैगरी बजारमा निकै राम्रा सिर्जनाहरु प्रस्तुत गर्ने सर्जकको रुपमा शिव हमाललाई लिन सकिन्छ।लालुमै , झुम्का झलक्कै जस्ता थुप्रै गीतहरुले राम्रो बजार पाइरहेका छन् ।यतिबेला उनकै लय तथा शब्द सिर्जना निरमाया बोलको लोक दोहोरी गीत बजारमा आएको छ।जसमा सुमधुर स्वरकी धनी गायिका अन्जु पन्त , त्यसैगरी रविन गुरुङ र निश्चल गुरुङले आवाज दिएका छन् ।पुष्प खड्का , कविता नेपाली र चक्र बमले अभिनय गरेको यस गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन।गीत यलभम्द्य मा रेकर्ड भएको थियोे ।शिव हमालको आधिकारिक युटुब च्यानलबाट युटुबमा सार्वजनिक गरिएको छ।
युटुवमा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस !