पछ्यौरीको छेउ बोलको रोधी गीत सार्वजनिक

अर्घाखाँची ।विगत लामो समय देखि नेपाली गीत संगीतमा लागि रहनु भएका अर्घाखाँची जिल्लाका लोक तथा दोहोरी गायक यमन खनालको रोधी गीत आज सार्वजनिक भएको छ।यमन खनाल,लक्ष्मी खड्का , मानसिंह खड्का, माया दर्नाल लगायतको यस गीतमा आवाज रहेको छ।यमन खनालको संगीत सिर्जना र यमलाल खनालको शब्द सिर्जना रहेको छ।

यमन खनाल ,अभिनव चौहान, तेजेन्द्र पाण्डे, अन्जु गुरुङ, विनोद ढकाल, सन्ध्या आचार्य, माया दर्नाल लगायतको अभिनय देख्न सकिन्छ।मरुभूमि नारायणको छायांकन,रोशन धितालको सम्पादन र दिल कुमार बिक को निर्देशनमा गीत तयार भएको छ।

उक्त गीतका गायक तथा सर्जक यमन खनालले यस गीतमा धेरै जना कलाकारलाई जोड्न पाएको खुसी व्यक्त गरे।विशेषगरी भिडियो तर्फ धेरैजसो कलाकारहरु अर्घाखाँचीकै देख्न सकिन्छ।

गीत यमन खनाल युट्ब च्यानल मार्फत सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close