थप ८ सय ८५ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४सय१८ पुगेको छ ।यता हालसम्म कोरोना बाट निको भएर १९ हजार ५ सय ४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।यो संगैअहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १ सय ७५ जना पुगेको छ ।
कमेन्ट गर्नुहोस !