एकै दिन ११ सय ११ जनामा कोरोना पुष्टि ,८ को मृत्यु

सबैको सन्देश/काठमाण्डौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । हाल सम्म कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ ।यस्तै गएको २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !