ओलम्पिक कमिटिका दुई जनामा कोरोना पुष्टि

नेपाल ओलम्पिक कमिटि (एनओसी)का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पाेजेटिभ आएको एनओसीले जनाएको छ । एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खेलपाटीलाई बताए ।

‘स्क्वासका प्रशिक्षकमा कोरोना देखिएपछि कर्मचारीको कोरोना परिक्षण गरेका थियौ । दुई जना भान्साका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ ।’ उनले भने ।

गत बुधबार एनओसीका ८ जना कर्मचारीमा कोरोनाको परिक्षण गरिएको थियो ।

कर्मचारीमै कोरोना देखिएपछि एनओसी अनिश्चित समयका लागि सिल गरिएको छ ।

कोरोना संक्रमण फैलिएसंगै गत सोमबारबाट ओलम्पिकको केन्द्रिय कार्यालय बन्द गरिएको थियो ।

कर्मचारीमै कोरोनाको संक्रमण पुष्टि भएपछि एनओसीका पदाधिकारीको समेत कोरोना परिक्षण गर्ने तयारी गरिएको छ ।

दुई जनाको रिपोर्ट आउन बाँकी

एनओसीका थप दुई जनाको कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ । महासचिव श्रेष्ठका अनुसार दुई जना कर्मचारीको पुन परिक्षण गर्नुपर्ने देखिएको छ ।

यसले गर्दा थप दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

रिपोर्ट आउन बाँकी रहेका दुवै जना एनओसी भवनमा गार्डका रुपमा कार्यरत छन् । दुवै जना श्रीमान–श्रीमती रहेका छन् ।

खेलपाटीबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close