लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-४ निवासी ६० वर्षीय पुरुषको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार उनको आज बिहान २:३० बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमभा श्वासप्रस्वासको समस्याका साथै उच्च रक्तचापको समस्या समेत थियो।
कमेन्ट गर्नुहोस !