“पार्टी भित्र मेरो काम र त्यागको मूल्याकंन भएन” माओवादी नेता माधव खनाल

अर्घाखाँची ।राजनीति विशुद्ध रूपमा समाजसेवा हो तर यहाँ पछिल्लो समयमा यसलाई कमाई खाने भाडो बनाएका छन्।राजनीतिको लागि विभिन्न दलहरु छन् ।उनीहरुका आ- आफ्नै बिचार छन्।त्यहीँ बिचार मध्य माओवादीको बिचारलाई बोकेर हिडेक एउटा नेता माधव खनाल पनि हुन्। अर्घाखाँची जिल्लाको डिभर्नामा जन्मिएका खनाल २०५३ साल देखि माओवादी राजनीतिमा सक्रिय छन्।ऊनी दोन्द्द्काल देखि नै माओवादी राजनीतिमा थिए ।त्यतिबेला माओवादीमा लागेको कारण पनि ज्यान जोगाउन गाह्रो थियोे तर त्यतिबेला पनि उनी आफ्नो बिचारबाट थोरै पनि डगमगाएनन् ।
लोभ लालच गरेर धेरै सम्पत्ति कमाउनु पर्छ भन्ने पनि उनलाई कहिले लागेन।पार्टीको लागि धेरै त्याग गरे तर पार्टीलाई धोका दिएर कहिले आफ्नो खल्तीमा दुईचार पैसा हालेनन् ।कयौंपटक त ऊनी प्रहरी आर्मीको कब्जामा परेर पनि निस्किए।”मैले मरेर पाएको जुनि हो” भन्दै हामीसँग आफ्नो दु:ख व्यक्त गरे।हुन पनि हो खान बसेको बेलामा पनि पुलिस आर्मीले कतिबेला मार्छन भन्ने डर थियो।
उनले हामीसँग कुरा गर्दै भने “मेरो पेशा व्यवसायी नभएका कारण पार्टीमा पूरा समय दिई सेवा गर्ने मौका पाउँ, भनेर माग गरे, नगर अध्यक्षमा दाबी गरे, प्रदेशमा कमिटीमा पनि दाबी गरियो, तर गुटबन्दीमा न लागेको कारण र व्यक्तिको चाकरी चाप्लुसी न जानेको ईमान्दारिताको कारण पार्टी राजनीतिमा अगाडि आउन सकिदो रहेनछ ,तर पनि ठिकै छ यो बाँकी जीवनलाई भरपुर प्रयोग गर्दै सेवामा लाग्ने छु, अरुले पेशा बनाएर व्यक्तिगत स्वार्थ लुटेका छ्न।भने मेरो सेवाको र परिवर्तनका निम्ति निरन्तरता सदैव हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु ।।”
कयौं दु:ख , कयौं संघर्ष , कयौं अनिदो रात , हजारौं माइलको यात्रा पार गरेर बनाएको पार्टी हो।ऊनी जस्ता कति छन् यस पार्टी भित्र तर यस भन्दा पछि आएकाले धेरै अवसर पाइसक्दा उनले किन पाएनन् अवसर?
उनी जस्तो त्यागी ऊनी जस्तो निस्वार्थ रूपमा राजनीतिमा लाग्नु भएकाले नगर कमिटीको अध्यक्ष सम्म नपाउनुको खास कारण के हो?ऊनी यहीँ प्रश्न गर्न चाहान्छ्न पार्टीसँग ? आफ्नो पार्टी भित्र काम र त्यागको कुनै मूल्यांकन नभएको गुनासो उनको मनभरी छ।
कमेन्ट गर्नुहोस !