बायोमेडिकल संघले तय गरेको बाटो

सोमप्रसाद उपाध्याय

नेपाल बायोमेडिकल संघ औपचारिक रुपमा समाज कल्याण परिषद्मा दर्ता भई नेपालमा रहेका मेडिकल उपकरण सम्बद्धका अनेक पक्षमा काम गर्दे आइरहेको छ । विशेषत सिमित संख्यामा रहेको बायोमेडिकलसँग सम्बन्धित जनशक्तिलाई एकिकृत गरेर देशको चिकित्सा क्षेत्रमा सकारात्मक योगदान दिन संघ स्थापना भएयता प्रयासरत छ । नेपालका सन्दर्भमा खासगरी बायोमेडिकल उपकरणको खरीद योजना, व्यवस्थापन, मर्मत, डिष्पोज लगायतका विविध सवालमा आम सबैको ध्यान पुग्न जरुरी देखिन्छ । यसैमा आम रुपमा मानिसलाई जागरुप बनाउन, मेडिकल उपकरण शिक्षालाई व्यापक बनाउन, समयमै उपकरणको मर्मत संम्भार गर्न र पेशागत हकहितको लागि संघले स्थापनाकालदेखि नै आफुलाई खरो रुपमा प्रस्तुत गरिरहेको छ ।

नेपालमा कोरोना महामारीको पहिलो चरणमा देशभरका स्वास्थ्य संस्थामा रहेका मेडिकल उपकरण मर्मत गरी चलाउने, अभिमुखिकरण गरी स्वास्थ्यकर्मीलाई सहज रुपमा उपकरण संचालनमा सहयोग गर्ने, विभिन्न तालीमको आयोजना गर्ने काम पनि संघले गर्दे आयो । त्यसैगरी देशभर रहेका आफ्ना सदस्यमार्फत निशुल्क रुपमा उपकरणको मर्मत गर्ने काम गर्यो । यसबीचमा संघले विभिन्न गैर नाफामुलक संस्थासँग पनि आवश्यक समन्वय गर्दे सहयोगका विभिन्न कार्यक्रमलाई अविछिन्न रुपमा अगाडी बढाउँदै आएको छ ।
बायोमेडिकल उपकरण खरीद सम्बन्धमा देखिएका विभिन्न भ्रष्ट गतिविधिमा संघले विरोध र भण्डाफोर गर्दे आएको कतैबाट पनि छिप्न सकेको छैन । सल्यानमा अक्सिजन प्लान्टमा भएको घोटालाजस्ता प्रतिनिधीमूलक घटनामा संघले आफ्नो तर्फबाट गल्ति सच्याउन र सम्बन्धित पक्षलाई कारबाहिको दायरामा ल्याउन दह्रो रुपमा माग गर्दे आइरहेको छ । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा भइरहेका मेडिकल उपकरण खरीद घोटलामा पनि आफ्नो स्वरलाई सधै उच्च बनाएको छ । संघले नेपालमा रहेको मेडिकल उपकरणको क्यालिब्रेशन जस्ता अति संवेदनशिल विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउँदै आइरहेको छ ।

देशमा रहेको सिमित बायोमेडिकल जनशक्तिलाई कसरी बढीभन्दा बढी उपयोग गर्न सकिन्छ भनेर समय समयमा सरोकारवाला पक्षसँग संवादलाई समेत अगाडी बढाएको छ । सरकारी तवरलमा स्थायी दरबन्दीको संख्या बढाउन पनि संघले लामो समयदेखि माग गर्दे आएको छ भने सो अनुसार सरकारले संघमा तथा प्रदेशमा जनशक्ति मागलाई विस्तारै थप्ने सुखद कार्य थालेको देखिन्छ यो आफैमा सह्रानीय विषयवस्तु बनेको छ । यो सँगै संघले आफ्ना सदस्यलाई आफ्नो पेशाप्रति कसरी उत्तरदायी बनाउने भन्ने सवालमा पनि उत्तिकै जोड दिदैं आएको छ ।
भविष्यमा अति संवेदनशिल यस चिकित्सा पेशामा मेडिकल उपकरणको सहि र उचित प्रयोगबाट बढिभन्दा बढी फाइदा आर्जन गर्नको लागि नेपाल बायोमेडिकल संघ सदा प्रयत्नशिल रहने कुरामा सबैमा विश्वास दिलाउँदै संघले आफ्नो गतिविधीलाई निरन्तर रुपमा अगाडी बढाउने कुरामा काममार्फत आम नेपाली सर्वसाधरणमा संघले प्रतिबद्धता व्यक्त गर्न चाहन्छ । यो सँगै नेपालमा आधुनिक चिकित्सा प्रणाली अबलम्बन गर्न सरकारसंग, नीजि तथा गैरसरकारी संस्था, व्यक्ति सबैमा संघको तर्फबाट कुनै कुरामा कमि हुन नदिन संघको तर्फबाट पहल हुने छ ।
यसरी नेपाल बायोकेडिकल संघले आफ्नो स्थापनाको औचित्यतालाई नेपालको मेडिकल क्षेत्रमा सकारात्मक काम गर्दे सार्थक तुल्याउने छ ।
                                                                                  लेखक उपाध्याय नेपाल बायोमेडिकल संघका महासचिव हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close