ब्यक्ति बिषय र विशेष जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पिताम्बर शर्मा

आजको अंकमा आफ्नो जीवनकालमा शैक्षिक र राजनीतिक अगुवाको रूपमा हाम्रो अर्घाखाँची लाई नेतृत्व प्रदान गर्दै हाल जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुखको जिम्मेवारीमा रहनु भएको पिताम्बर शर्मा ।
अर्घाखाँची जिल्लाको साबिक वांङगला गाबिस हाल सन्धिखर्क नगरपालिका ५ निवासी गिरिधारी भुसाल र आमा भुमादेबी भुसालको ७ भाइ १ दिदी र १ बहिनी मध्ये कान्छो छोराको रूपमा १९९९ साल असार ७ गते उहाँको जन्म भएको थियो।उहाँ अहिले ८०बर्षको हुनुभयो।
उहाँको वाङला आमडाँडा कै मुक्तिराम पौडेलकि छोरी मनकला संग शुभ बिबाह सम्पन्न भएको हो।हाल उहाँका श्रीमती २ छोरा र २ छोरी हुनुहुन्छ।
जेठो छोरा कृष्ण प्रसाद भुसाल ( डिग्री ) बुहारी लक्ष्मी बन्जाडे भुसाल (एस.एल.सि.) सहित सपरिवार अमेरिका हुनुहुन्छ कान्छो छोरा मेघनाथ भुसाल ( बि. ए. अंग्रेजी ) श्री चन्द्र मा. बि. छत्रदेब १ चिदिकामा माबी शिक्षक हुनुहुन्छ।बुहारी गिता बस्याल भुसाल (+१२ ) गृहिणी हुनुहुन्छ।जेठी छोरी सुन्दरा बन्जाडे ( एसएलसी )र ज्वाइँ सुरेन्द्र बन्जाडे कृषि बिकास बैंक शाखा प्रबन्धक बाट सेवा निबृत्त भै शंकरनगर बुटवलमा हुनुहुन्छ भने कान्छी छोरी गिता पाण्डे ( बि. ए.) र ज्वाइँ बिनोद पाण्डे रेसुंगा बहुमुखी क्याम्पसको सह प्राध्यापक हुनुहुन्छ।उहाँको साथमा गुल्मी तम्घास हुनुहुन्छ।
उहाँले स्थानीय शिक्षाप्रेमी जिबनारायण अधिकारी, राम प्रसाद श्रेष्ठ, हेमनाथ भुसाल र डिभर्नाका पंडित रुद्रनाथ आचार्य बाट प्रारम्भिक शिक्षा लिनु भएको थियो।उहाँ हरु बाटै रुद्री ,बेद,चण्डी सिक्नु भएको थियो भने पाल्पा बाट एक शिक्षक झिकाएर गाउँमा पढाउन सुरु भएको थियो ।उहाँ संग ब्यबहारिक शिक्षा निवेदन ,तमसुक,भर्पाई लगायतका समाजमा उपयोगमा आउने ज्ञान सिक्नु भएको थियो।
२०१६ सालमा संस्कृत प्रा. बि. को स्थापना संगै संस्कृत सम्बन्धि ज्ञान हासिल गर्नु भएको उहाँले लघु,कौमुदी अमरकोष (संस्कृतको डिस्नेरी ) बारेमा केही कुरा सिक्नु भयो।त्यसपछि उहाँ भारतको बनारस (बाराणसी ) गएर पुर्ब मध्यमा परिक्षा दिएर पास हुनुभयो। त्यसपछि हाईस्कुल पास हुनुभयो।त्यत्ति बेलाका उहाँका अग्रज ज्ञानहरि आचार्य ,(वाङला) राजकुमार श्रेष्ठ (गुल्मी तम्घास )रामचन्द्र पोखरेल ( किमडाँडा ) केशब शर्मा आचार्य ( पटुवाथुम ) समेतले अध्ययन गर्ने गर्नुहुन्थ्यो।
त्यसपछि उहाँले (फिजिक्स मेथमेटिक ) मा आई. एस. सि. उत्तीर्ण हुनुभयो।
बनारस बस्दा उहाँ नेपाली कांग्रेसका नेताहरुको सम्पर्कमा आउनु भयो।नेपालमा प्रजातन्त्र ल्याउनु पर्दछ भन्ने नेताहरुको अभियानमा उहाँ सकृय हुनुभयो।
बनारस बाट निस्कने “तरुण” पत्रीका पढने अनि त्यसलाई नेपालका विभिन्न जिल्लामा पुर्याउनको निम्ति अहम भुमिका खेल्नु भएको थियो। उहाँ तरुण पत्रीका लाई बिधालय हरुमा गोप्य रूपमा मगाएर पढने र पढेर भ्याएपछी माटोमुनी लुकाएर राखेर पुन अन्यत्र पठाई दिने समेत गरेको उहाँ बताउनु हुन्छ। त्यो बेलाको त्यो पत्रीकाले नेताहरुको विभिन्न बिचारलाई गाउँ गाउँ सम्म पुर्याएर नेपालमा प्रजातन्त्र ल्याउन जनतालाई आन्दोलित पार्नमा ठूलो भुमिका खेलेको थियो।
त्यसपछि उहाँ २०२३साल तिर महेन्द्र मा. बि. तम्घास गुल्मीमा शिक्षकको रूपमा काम गर्न सुरु गर्नुभयो।
नरहरी रिजाल प्रधानाध्यापकको रूपमा कार्यरत रहँदा उहाँ गुल्मी कै शान्ती मा. बि. शान्तिपुर गुल्मीमा गएर ६ महिना अध्यापन गराएर त्यहाँका विद्यार्थी लाई सेन्टअफ टेस्ट परिक्षा गराएर एसएलसी गराउन तम्घास ल्याउनु भएको उहाँ स्मरण गर्नुहुन्छ।
नरहरी रिजाल पछी ज्ञानहरि आचार्य त्यस बिधालयको प्रधानाध्यापकको रूपमा जिम्मेवारी समाल्नु भयो र झण्डै २५ बर्ष सेवारत हुनुभयो।
त्यसपछि उहाँ बिए अध्ययन पनि गर्ने अध्यापन पनि गराउने भन्ने मनसायले रुपन्देही बर्मेली टोलमा रहेको कन्या मा. बि. मा २०२८-२९ सालमा अध्यापन गराउन सुरु गर्नुभयो।बिहान बेलुकी पढने र दिउँसोमा पढाउने काम गर्दागर्दै उहाँ पुन पुर्बी पाल्पाको त्रिभुवन मा. बि. बुलिङटारमा पढाउन जानू भयो।
सोहि समयमा उहाँले २०३० सालमा बि. ए.र पछि बि. एड. उत्तीर्ण हुनुभयो।
त्यसपछि उहाँ २०३१ साल बैशाख १६ गते पार्टीको अनुरोधमा श्री जनज्योति मा. बि. चुत्राबेशिमा प्रधानाध्यापकको जिम्मेवारीमा आउनु भयो।र २३ बर्ष सम्म अनबरत रूपमा सेवा गर्दै २०५४ सालमा मा. बि. द्वितीय पद बाट अबकाश लिनु भएको थियो।
यहाँ लेख्न कति मिल्छ कति मिल्दिन।बिधालयमा जिम्मेवारी समाल्दा उहाँले विद्यार्थी हरुलाई पुस्तकको कुरा पढाउनु भयो।तर उहाँ जनज्योतिको प्रधानाध्यापकको जिम्मेवारीमा रहँदा सिंगो नेपाली कांग्रेसको आस्था,धरोहर र पार्टीको उन्नति प्रगतिमा अदृश्य रूपमा उहाँको अत्यन्तै ठूलो भुमिका रहेको आभास हुन्थ्यो।
उहाँले पढाएका सयौं विद्यार्थी अहिले देशको राजनीतिक प्रशाशनिक बैंकीङ सामाजिक क्षेत्रमा उच्च पदमा सेवारत छन।
शिक्षक रहँदा उहाँ मा. बि. शिक्षक संघको अध्यक्ष सहित नेपाल शिक्षक संघको संस्थापक अध्यक्ष सहित ३ कार्यकाल अध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो।
शिक्षक बाट अबकास लिएपछि कृष्ण प्रसाद शर्मा ( सितापुर ) लाई जिम्मेवारी सुम्पेर उहाँ नेपाली कांग्रेसको २ कार्यकाल पार्टी सभापति हुनुभयो।
त्यसपछि क्रमश कमल प्रसाद भुसाल बिष्णु मुस्कान र हाल केशब श्रेष्ठ पार्टी सभापतिको जिम्मेवारीमा हुनुहुन्छ भने उहाँ २०७४ सालको स्थानीय निर्वाचन पछि नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुखको रूपमा सेवारत हुनुहुन्छ।जिल्लाको अभिभावकको रूपमा उहाँ जस्तो सरल शालिन र निस्कंकित ब्यक्ति पाउनु हामी सबैको भाग्य हो।
उहाँ अत्यन्तै सरल हुनुहुन्छ।आफ्नै स्वभाबको हुनुहुन्छ।कहिल्यै पनि नआत्तिने समयको परिपालक हुनुहुन्छ।
२०४५ साल एक बर्ष सम्म म पनि उहाँको विद्यार्थी हुँ।उहाँ जहिले पनि जस्तोसुकै काम परेपनी जति जहाँ जिम्मेवारी रहेपनी बिधालयमा ९:३० देखि ९:४५ को बिचमा बिधालय आउनु हुन्थ्यो।आफू जिम्मेवारीमा अबिचल रहने हुँदा उहाँको बिधालय प्रशासन अत्यन्तै चुस्त दुरुस्त थियो।
उहाँ समन्वय प्रमुखको जिम्मेवारी आएपछि जिल्लामा हुने अधिकांश औपचारिक कार्यक्रम हरुमा प्रायजसो उहाँ प्रमुख अतिथी हुनुहुन्छ।ती कार्यक्रममा अहिलेसम्म उहाँ आयोजकले निर्धारण गरेको समय भन्दा १ मिनेट ढिलो पुग्नु भएको छैन।
कार्यक्रममा बोल्दा उहाँले बिषयबस्तु भित्र छोटो मात्र आफ्नो मन्तब्य राख्नुहुन्छ।
यदि म गलत छैन भने उहाँले अहिलेसम्म ५ मिनेट सम्म सम्बोधन गर्नुभएको मलाई याद छैन।
कुनै काम होस वा नहोस।दैनिक कार्यालयमा एक पटक आएर मात्र अन्य कार्यक्रममा पुग्नुहुन्छ।
लेखक सहयोगी बि.सि को जन्म घर मालारानी गाउँपालिका वडा नम्बर ५ मा प्रर्दछ ,हाल उहाँ सन्धिखर्क २ चुत्राबेशीमा बसोबास गर्नुहुन्छ ।
कमेन्ट गर्नुहोस !