जातजातमा भेदभाव गरि भ्रम नफैलाउ

हलिम खान /सन्धिखर्क  ।

भनिन्छ यहाँ धर्म निरपेक्षताको देश भनेर फेरि त्यहि देशमा अनेक थरिका कलङ्कित भेदभाब गरिन्छ त्यसै सन्दर्भमा
मैले धेरै ठाउमा देखेको र सुनेको कुरा कुनै लामो दारी(जुँगा पालेका व्यक्ति हरुले समाजमा केहि नकारात्मक काम कुराहरु,समाजमा बिकृति फैलिने काम कुराहरु गरेको देखियो भने हाम्रा समाजका हरेक धर्म मान्ने व्यक्ति हरुले भन्ने गर्छन र गरेका पनि छन्। ूति मुस्लिम हरुले गरेका हुन् इनि मुस्लिम हरुलाई देश निकाला गर्नु पर्छ ूइनि मुस्लिमहरु बाहिरि देसका व्यक्ति हरुहुन् इनिहरुलाई कुनै हालतमा पनि छाड्नु हुदैनू भन्ने गर्छन ।
जातजातिकोको सुन्दर फुलबारीको संसार त्यस्तो नै हो नेपालमा जहाँ एक अर्को बिच नराम्रो नजर र नराम्रो कुराले प्रभावित गरिन्छ ।
जस्तैस्ूभारतमा केहि नालाएक व्यक्ति हरुले हाम्रो देशको रास्ट्र झण्डा जलाएू त्यो समयमा पनि नेपालका कुनै धर्म मान्ने व्यक्ति हरुले सामाजिक संजाल मार्फत गालि गलोज अथवा अन्य नकारात्मक सब्द प्रयोग गरि नेपालि मुस्लिम समुदाय हरुमा असर पुर्याएका छन्पछिल्लो समयमा नेपालमा कोरोना भाइरस पनि मुस्लिम समुदायले नि फैलाएको भनेर भ्रम फैलाइयो

साथि हरुलाई म एउटा अनुरोध गर्दछु कि दारी(जुँगा पाल्दैमा मुस्लिम धर्मावलम्बी नै हुन्छन भन्ने छैन अहिलेको समयमा त हरेक जातजातिका व्यक्ति हरुले दारी कपाल जुँगा पाल्ने त स्टाइल आएको छ र अर्को कुरा हामि नेपालि मुस्लिम नै हौ हामि कुनै बाहिरि देशबाट आएका होइनौ र हामि यहिकै बासिन्दा हौ यहि देशका सच्चा नागरिक हौ।

हरेक कार्यक्रममा भन्ने गरिन्छ नि हाम्रो देशलाइ फुलै फुलको बारी भनिन्छ किन भने हाम्रो देशमा हरेक जातजाति धर्म भेषभुषाले बनेको देश हो त्यसैले समाजमा बिकृति फैलाउने काम नगरौ । कसैको धार्मिक धर्म माथि कलङ्क फैलाउने काम नगरौ हामी हाम्रो देश नेपाल सुन्दर जातजातिको फुलबारीको संसार होभ्रम गरेर एक अर्कोको धर्म र धार्मिक धर्मावलम्बी माथि विकृति फैलाउने काम नगरौ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close