गजल- सोध्छ उसैले

-हरीकला भुसाल
तातो तेलमा डुबाएर, पोल्यो कि नाइँ सोध्छ उसैले ।
दिवंगत तस्बिर देखाएरै,बोल्यो कि नाइँ सोध्छ उसैले ।।
शंकाको नि सीमा हुन्छ सायद ,सिगों जीन्दगी दिदाँ पनि ।
भेटमा बोल्ने जो कोहीले,चिनीमा मह घोल्यो कि नाइँ सोध्छ उसैले ।।
हजुरआमा द्वापर युगमा हारेकी नारी ,म कलि युगमा हारेकी नारी ।
उसकै निधारमा पानी पट्टि गर्दैछु म, तिम्रो पाउ मोल्यो कि नाइँ सोध्छ उसैले ।।
उसको आलिसान महल पनि ,झुपडी जस्तै होचो छ मेरो लागि ।
मरणमा उसकै सती जाँदा पनि, मलामी बीचमा बोल्यो कि नाइँ सोध्छ उसैले ।।
कमेन्ट गर्नुहोस !