महिला संघ सन्धिखर्क १२ द्धारा वडा स्तरिय भेला सम्पन्न ,एमाले परित्याग गरि दर्जनौँ कांग्रेस प्रवेश

अर्घाखाँची ।नेपाल महिला संघ सन्धिखर्क नगरपालिका वडा नम्बर १२ ले आज वडा स्तरिय भेला सम्पन्न गरेको छ ।
नेपाल महिला संघ सन्धिखर्क १२ को पूूर्व निर्धारीत कार्यक्रम अनुसार संघले आज बृहत महिला भेला सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल तरुण दल जिल्ला अध्यक्ष तथा नारायण खड्काको प्रमुख आतिथ्यता , पूर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।

No description available.
भेलालाई संबोधन गर्दै अध्यक्ष खड्काले सन्धिखर्क १२ काँग्रेसको किल्ला भएको दावी गर्नुभयो । नेपाली काँग्रेस सबैको सर्वप्रिय पार्टी भएकोले काँग्रेसको जनलहर देखेर विपक्ष दल अतालिएको बताउनुभयो । वार्ड अध्यक्ष समेत रहेका खड्काले काँग्रेसको नेतृत्व भएकै कारण वडामा विकास निर्माणको गतिले तिब्रता पाएको बताउदै आगामी निर्वाचनमा पनि नेपाली काँग्रेस बलियो शक्तिको रुपमा उभिने उद्धघोष गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पूूर्व जिल्ला कोषाध्यक्ष हरी बहादुर खड्काले कसैको डर त्रास र आश्वासनमा नपर्न आग्रह गर्नुुभयो । समग्र डिभर्नाको विकासका निम्ती नेपाली काँग्रेसले विकासको गतिलो जग बसालेको भन्दै नेपाली काँग्रेसको जित सुनिश्चित भएको बताउनुु भयो । सन्धिखर्क नगरपालिका क्षेत्रको विकास निर्माण, कृर्षि क्षेत्रको व्यवस्थापन, आधुनिकरण र बजारीकरण, युवा स्वरोजगार मुलक कार्यलाई नेपाली काँग्रेसले प्राथमिकता दिने बताउनुु भएको छ ।

No description available.
कार्यक्रममा कार्यपालिका सदस्य हिमकला टमटा , नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधी बाबुुराम बस्याल ,मेख बहादुर थापा , प्रकाश परियार , कृष्ण कुुमार बस्याल ,महिला नेतृ मिना श्रेष्ठ , नेपाली काँग्रेस सन्धिखर्क १२ कार्यबाहक सभापति लोक प्रसाद श्रेष्ठ , वार्ड सचिव विक्रम पाण्डे , गिता रायमाझी खड्का , झेडी माझघर टोल समितिकी सभापति गोमा श्रेष्ठ लगायतले मन्तब्य राख्नुु भएको थियो ।No description available.
कार्यक्रममा नेकपा एमाले परित्याग गरि दर्जनौँ कार्यक्रता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । प्रबेश गर्नेहरुमा पुुतला विक , शान्ता ताम्राकार , भिमकला ताम्राकार , मनकला ताम्राकार लगायतका रहेका छन् । नव प्रबेशीहरुलाई तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का , पूूर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का , नेपाली काँग्रेस सन्धिखर्क १२ का वा सभापति लोक प्रसाद श्रेष्ठ लगायतले पार्टिमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रम नेपाल महिला संघ सन्धिखर्क १२ की सभापति खिमकला कुँवरको सभापतित्व , सचिव प्रेमकला भुसालको स्वागत मन्तब्य तथा महिला नेतृ सरस्वता बस्यालको संचालनमा सम्पन्न भएको हो ।

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close