थप ९ सय ७९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै कुल कोरोना संक्रमीतको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।यस्तै हाल सम्म निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै बितेको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !