पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि

काठमाण्डौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ ।गएराति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो । मूल्यबृद्धिपछि पेट्रोल लिटरको २ सय रुपैया नजिक पुगेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैया बृद्धि गरिएको छ ।पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो ।

डिजेलमा पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ ।प्रतिलिटर इन्धनमा एकैपटक यति धेरै बृद्धि गरिएको पहिलो पटक हो ।खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।मूल्यबृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close