नागपञ्चमीको महिमा र महत्व

पुस्कर घिमिरे, गुल्मी
श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । एकश्रद्धा र विश्वासको पर्वका रुपमा नागको पूजा गर्ने गरिन्छ। यस दिन नागको साथै नागको रुपमा प्रस्तुत हुने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ । यस दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको प्रयोग गरि घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । नागका अष्टकुल अनन्त, बासुकी,पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख,, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन् । जुन घरमा नागको पुजा गरिन्छ त्यस घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डर समेत नहुने धार्मिक विश्वास रहेको छ । पातालमा नागदेवताको स्वामी बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नाग पञ्चमीका दिन भूमि माहलो जोत्नु शुभ हुँदैन र त्यस दिन नागलाई दुख दिने मार्न हुदैन, मारेको अवस्थामा नाग दोष लाग्ने भन्ने मान्यता रहेको छ ।
नाग पञ्चमीको वास्तविक ऐतिहासिक पृष्ठभूमि महाभारतसँग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्षका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको बदलाका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने कर्मकार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे जसमा सिद्ध ऋषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर स्वर्ग माइन्द्रको शरणमा पुगेका तक्षका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क पर्दछन । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्मे जय समक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेकाहुन् । यज्ञमा होमिएर मारिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।यस दिन नाग देवताको पूजा अर्चनाका लागि सिन्दुर, कपास, दूध, मिठाई, फूल अनि धानको फूला चढाइन्छ ।
किंवदन्तीमा कुनै एक गाँउमा एक परिवार बुबा आमा दुई छोरा र छोरी बस्थे । आमाले हरेक दिन दुध दुहेर सकेपछि दुधको एउटा भाँडा जहाँ नागहरु हन्छन त्यहाँ चढाउने गर्थीन । त्यो दृश्य छोरीले नियालेर हेरी रहदाँ नानीलाइ सर्प कुनै शत्रु होइनभन्ने लाग्थ्यो। आमाले गरेको पुन्यकार्यको त्यो प्रभाव छोरीमा पर्न स्वाभाविक हो । बुबा आमाले गरेको ब्यवहार छोराछोरीलाइ छिटो प्रभाव पर्छ । बुबाले आफ्नो खेतमाहलो जोत्दाजोत्दै जमिनमुनि बसिरहेका एक नाग परिवारका तीन जना बच्चालाई मारिदिनुभयो । यसबाट नाग–बच्चाका आमा चाहिं ज्यादै क्रोध भएर खेतीवालको घरमा गई कृषक परिवारका आमा–बाबु र दुई छोरालाई बदलाको रूपमा डसेर मारिदियो । त्यस घरमा एक जना छोरीमात्र बाँकी थिइन् । त्यसलाई पनि मार्न भनी रीसले आफ्नो फणा फैलाएर अगाडि बढ्दा त्यस छोरी चाहिंले हतपत त्यस सर्पको अगाडि़ दूधको भाँडो ल्याएर राखिदिइ किनकि छोरीलाई आमाको प्रभाव सर्प हामो साथीहो भन्ने थियो । यसबाट सर्पको हृदय परिवर्तन भयो । मार्ने मन भएन र श्रद्धाले राखिदिएको दूध पिउन थाल्यो । दूध पिइ सकेपछि खुशीभएर सर्पले भन्यो “हेर नानी हो, आज नागपञ्चमोको दिन तिमीले मलाई दूध पिलायौ यसबाट म ज्यादै खुशी छु । अब म तिमीलाई मार्दिन । लौ माग, तिमी के चाहन्छौं? “नागको यस्तो कुरा सुनेर छोरीले भनिन् – “मरेका मेरा आमा–बाबु र भाइहरू फेरि बाँचुन्, आजका दिनकुनै पनि नागले नटोकुन् । यही मेरो प्रार्थना छ ।”यति कुरा सुनी ’तथास्तु’ भनी सर्प विलीन भयो । छोरीको माग बमोजिम भनेजस्तै भयो । यसैदिन देखि यस कारण नाग पञ्चमीको महत्व रहेको हो भन्ने हाम्रो धारणा छ । यसरी हेर्दा कालसर्प अपहेलना गर्दा नाग दोष देखिने हुन्छ ।
कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै सफलता प्राप्त गर्न सक्दैन । अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्तति सुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन–अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् । तर सबै कालसर्प योग खराब हुँदैनने । कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ ।
कमेन्ट गर्नुहोस !