“आत्मनिर्भर शिक्षा आजको आवश्यकता” विमल चौहान

काठमाडौं।प्रत्येक जीवमा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सिक्ने कार्य अस्तित्वमा आएपछि निरन्तर रह्यो झन् मानव विवेकी प्रणाली भएर उच्च हुँदैन गयो ।त्यसैले नेपालमा पनि सिक्ने र सिकाउने कार्य मानव अस्तित्वको शुरूवात भएपछि नै रह्यो ।तर नेपालमा विद्यालय गएर पढ्ने औपचारिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा हुँदा कुराकानी गर्न भाषाको कारण दोभाषे राख्न परेपछि शिक्षाको महत्त्व त्यसमा पनि अङ्ग्रेजीलाई बुझेर नेपाल आउन बित्तिकै वि.स.१९१०मा दरबार स्कुलको स्थापना गरे ।त्यतिबेला सुरेन्द्रबिक्रम शाह राजा थिए दरबार स्कुलको पहिलो सुपरिवेक्षक -Mr.Ross र प्रधानाध्यापक -Mr.Canning थिए ।कक्षा १देखि ५सम्म अङ्ग्रेजी पढाइ मात्रै हुन्थ्यो ।वि.स १९४२मा प्रधानमन्त्रीमा वीरशमशेर नियुक्त भएपछि मात्रै सर्वसाधारणका छोराछोरीलाई प्रवेश दिएको थियोे ।ज्ञान,सीप सिक्ने र सिकाउने पद्धति शिक्षा हो।मानिसलाई अन्धकारबाट उज्यालो बाटो तर्फ डोर्याउने काम शिक्षाले गर्छ । शिक्षा विकासका लागि २००७ सालको परिवर्तन तथा यसका लागि लागि पर्ने अभियन्ताहरु नै मूख्य कारक रहेका छन् । त्यति बेलाको शिक्षा साक्षरता वृद्धि गर्ने उद्देश्यमा वढी केन्द्रित रहेको थियो । वास्तवमा २०११ को नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, २०१८ सालको सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ र राष्ट्रिय शिक्षा नीति २०७६ नै शिक्षाको विकासका लागि नेपालका प्रयासहरु रहेका छन् । साक्षरता दरमा अभिवृद्धि तथा संस्कृत शिक्षाको विकास गरी कर्मकाण्डका लागि समेत नागरिक तयार पार्नमा शुरुका प्रयासहरुको केन्द्रित रहेको देखिन्छ । मित्र राष्ट्र भारतका विभिन्न स्थानमा रहेका शिक्षा केन्द्रहरुमा गएर नेपाली युवाहरुले शिक्षार्जन गरेको पाइन्छ । राष्ट्रिय शिक्षा पद्धतिको योजनाले पूर्व व्यावसायिक शिक्षाको अवधारणालाई अंगिकार गर्दै व्यावसायिक शिक्षाकालागि आधार खडा गर्ने काम गर्नमा प्रेरक भएको थियो । २०४५ सालमा विधिवत रुपमा स्वीकार गरिएको व्यावसायिक शिक्षा त्यस पछि वहुदलको कार्यकालमा स्थापना गरिएको १० जोड दुई तथा गणतन्त्रकालमा शिक्षामा गरिएको आधारभूत, माध्यमिक र उच्च माध्यमिक शिक्षाको वर्गीकरण केही उल्लेख्य छ।

 

प्रत्येक विद्यार्थीको क्षमता फरक-फरक हुन्छ तर,हामीले सबैलाई उहीँ तरिकाले मापन गर्छौं ।के त्यो तीनघन्टे परिक्षाले मात्र एउटा विद्यार्थीको क्षमतालाई ब्याख्या गर्न सक्छ ?परिक्षाको दिन कुनै विद्यार्थी बिरामी भयो भने उसको बर्षभरीको मिहिनेत गयो त ?एक बर्ष अघि मात्रै भारतको तेलंगा राज्यमा १९जना विद्यार्थीले परिक्षामा असफल भएपछि आत्महत्या गरे ।नेपालमा पनि विद्यार्थीले आत्महत्या गरेको खबर निरन्तर आउन्छ । परिक्षा आतंक अति भयो विद्यार्थी बिरामी हुने राम्रोसँग खाना नखाने ठुलो मानसिक तनावमा हुन्छन् अब यो आतंक बन्द गर्नुपर्छ ।एक बर्ष अघि मात्रै सिगांपुरका शिक्षामन्त्रीले सिकाइ प्रतिस्पर्धा होइन भन्दै प्राइमरी कक्षामा परिक्षा हटाए संसारकै उत्कृष्ट शैक्षिक प्रणाली मानिएको फिनल्यान्डमा १६बर्षको उमेरसम्म कुनै औपचारिक बार्षिक परिक्षा हुँदैन । विद्यार्थी जीवनमा मैले जे पढे त्यसले मेरो जीवनमा ठुलो फरक पारेन ।कति शुत्र घोक्न लगाइयो त्यसले त्यतिबेला कक्षा चढाउने काम भन्दा अरु गरेन त्यसैले ब्यवहारमा प्रयोग नहुने ज्ञानको के अर्थ ?तरकारी ,फलफूल ,पशुपालन,सेवा क्षेत्रमा कसरी खेती र सेवा दिने जस्ता ज्ञान-सीप सिकाएको भए जीवन आज कति सहज बन्ने थियोे होला?अब्यबहारिक जीवनलाई सहयोग नगर्ने ,बजारमा बिक्न नसक्ने शिक्षा प्रणाली र आतंक मच्चाउने परिक्षा प्रणालीको विकल्प खोज्नुपर्छ ।बर्षको अन्त्यमा नभएर विद्यार्थी बिधालयमा प्रवेश गरे देखि उसका प्रयोगात्मक ज्ञान-सीप ,जिज्ञासु स्वभाव ,मिलन सक्ने क्षमता ,सिक्न सक्ने क्षमता र रुचि सबै कुराको मुल्यांकन गर्नुपर्छ । तर्सथ ,अबको शिक्षा अंककेन्द्रित होइन आधुनिक प्राविधिक ,व्यवहारिक ज्ञान,सीप ,प्रेरणा ,उद्यमशीलता प्रतिको लगाव ,जीवनलाई कसरी बुझ्ने र सहज बनाउने भन्ने उदेश्य केन्द्रित हुनुपर्छ ।बेरोजगार उत्पादन गर्ने कारखाना होइन ?आत्मनिर्भर र केहि गर्न सक्ने ज्ञान,सीप भएको जनशक्ति उत्पादन गर्नुपर्छ ।शिक्षाको निति बनाउदा देशलाई कस्तो खालको जनशक्ति आवश्यक छ अबको बर्षमा त्यसैलाई ध्यान दिनुपर्छ ।आफुलाई हरेक क्षण समायोजित हुन सक्ने ज्ञान शिक्षाले दिनुपर्छ ।आत्मनिर्भर र जीवनमा उपयोगी हुन नसक्ने शिक्षाको कुनै अर्थ छैन त्यसैले जीवन उपयोगी आत्मनिर्भर शिक्षाको आवश्यकता दिन प्रति दिन अत्यावश्यक भएको छ ।

लेखक बिमल चौहानको घर अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ मा प्रर्छ ।हाल उहाँ काठमाण्डौंमा विभिन्न पेसामा आबद्व हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close