नेकपा विवाद सल्टियो, महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा

करिब अढाइ महिनाअघि सुरु भएको नेकपा स्थायी समिति बैठक अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकिएको छ। असार १० गतेदेखि सुरु भएको बैठक बीचबीचमा केही समयका लागि चले पनि असार १८ गतेदेखि पूर्णत अवरुद्ध भएको थियो।

स्थायी समिति बैठक समापन भएसँगै नेकपाभित्रको नयाँ एकताको आधार खडा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले नेकपाको पहिलो महाधिवेशन चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ।

श्रेष्ठका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी पनि दिएको छ भने अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा पूर्णत केन्द्रित हुने निर्णय पनि गरेको छ।

स्थायी समिति बैठकको सुरुमा अध्यक्ष तथा प्रधानमन्त्री ‌ओलीले नेकपामा एकताको सुरुवात भएको बताएका थिए। प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीलाई उद्धृत गर्दै बैठकपछि भने, ‘नेकपामा एकताको सुरुवात भएको छ। यो प्रस्तावले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने आशा लिएको छु।’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि सहमतिले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्ने आधार तयार भएको बैठकमा क्रममा बताएका थिए।

श्रेष्ठका अनुसार बैठकमा अर्का नेता माधव नेपालले पनि नयाँ कार्ययोजनाप्रति सहमति प्रकट गरेनन्। उनले पार्टीलाई एकताबद्ध अवस्थामा पुर्‍याएकामा अध्यक्षद्वयलाई धन्यवाद दिएका थिए।

बैठकमा दुई अध्यक्षसहित १३ जनाले बोलेका थिए।

बैठकले एमसिसीलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावलाई समेत आधार भनेर एमसिसीलाई संसदले अनुमोदन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएको देशसंचारले लेखेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close