हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ११ पुरुष र तीन महिला छन्।
सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गाेरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।
हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ। ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।
कमेन्ट गर्नुहोस !