अर्घाखाँचीमा आगोलागीबाट १सय ३ घरगोठ जलेर नष्ट

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा आगोलागीका कारण जिल्लाभरमा पछिल्लो ४३ दिनमा १सय ३ घरगोठमा जलेका छन् । चैत १ गतेदेखि वैशाख १३ गतेसम्म जिल्लाभर १ सय ३ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।


वन लागेको आगो बस्तीमा पुग्दा ४३ घर पूर्ण र १ घरमा आंशिक क्षति भएको छ।अहिले सम्म आगलागी पिडितको लागि सामन्य खाद्ययन व्यवस्थापन बाहेक विस्तावीत परिवारको लागि कुनै राहातका कार्यक्रम जिल्लाका ६ वटै पालिकाले सार्वजनिक गर्न सकेका छैन ।अहिले आगलागी पीडित परिवार खुला आकाशमा बसेरहेका छन । धेरै संघ संस्थाले सहयोग गर्दा खाद्ययन लत्ताकपडा सहयोग गर्नेहरुलाई आगलागी पिडित परिवारले नगद सहयोग गर्न आग्रह समेत गरेका छन।


त्यसैगरी ६० गोठ पूर्ण र २ गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र ११ पशुचौपाया घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्लाका भरमा १सय १३ स्थानका आगलागी हुँदा २हजार ९८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यादव सापकोटाले जानकारी दिनुभयो। वन क्षेत्रमा घाटगद्दी गरिएका ५ सय ५० क्युफिट काठ जलेर नष्ट भएका उहाँको भनाइ छ ।यस्तै १ चट्टा दाउरा समेत जलेर नष्ट भएका छन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close