भान्सामा नुन सकियो, खाना पकाउने ग्यास सकियो, अब त हामी रित्तियौँ सबै सकियो

कृष्ण प्रसाद आचार्य/सन्धिखर्क अर्घाखाँची ।
(हाँस्य/ब्यङ्ग्य) ए ए के पर्खिनुभएको ? सकियो त अब। सकिनै सक्यो। किन यति ढिला गर्नु न आएर ! सकियो भनेपछि सकिसक्यो !! यहाँ मैले मेरो अघिल्लो लेखको भाग सकियो भनेको हुँ। !मेरो अगाडिको लेख सकियो तर यात्रामा धेरै कुरा सकिएको छ !! ढिला भयो नि तपाईं आउन ,म अब मेरो वरिपरीको कुरा गर्छु ! भान्सामा नुन सकियो, धारामा पानी सकियो, खाना पकाउने ग्यास सकियो, आगो बाल्न दाउरा सकियो, बारीमा सब्जी सकियो, सबै सकियो , चिया बनाउन दूध सकियो, सब्जी ओइरिन तेल सकियो, खाना बसाउन चामल सकियो, दाल झान्न घ्यू सकियो ,अब त हामी रित्तियौँ सबै सकियो !!
मेरो घर सदस्यको कुरा पनि गरिहाल्छु ! छोराको कापी सकियो, छोरीको कलर सकियो, दिदीको श्याम्पु सकियो, बहिनीको चन्चलेपन सकियो, भाईको पैसा सकियो, दाजुको बिहेगरेपछि ब्रह्मचारित्व सकियो ,भाउजुको माईतिको घमण्ड सकियो ,बुवाको तलब सकियो, आमाको घरको किचकिच सकियो ! श्रीमतीको फर्माईसी सकियो, काकाको चोरी सकियो, मामको झुट सकियो !! हजुरबुवाको लोकतान्त्रिक स्वतन्त्रता सकियो हजुर आमाको सपना एवम रहर सकियो , सबै सकियो !! अब लागौँ स्थानीय विषयमा ! मेरो नगरको चिल्लो कालो सडक बनेको छ महिनामै अलकत्र सकियो !
धारामा आउने खाने पानी बिहान ८ नबजी सकियो, बिजुलीको लाईन आउँछ जान्छ कति सकियो सकियो थाहा पाईएन , नगरपालिकाको फोहोर उठाउने योजना एक दुईपटक ट्रक आयो अनि उहिले सकियो ,पूर्वाधार विकास काँचैमा सकियो, सडकको बत्ती नबल्दै सकियो, बिजुलीको पोलमा तार यत्र तत्र भएर सुन्दरता सकियो !! गाडीको प्रदुषणले स्वच्छ हावा सकियो, अब्यवस्थित कलकारखानाले शहरी सुन्दरता सकियो, जग्गा प्लटिङ्ग्ले खेतिबारी सकियो !! धेरै कमाउने लोभले गरिब बहादुरको ईमान सकियो ! भ्रष्टाचारले सरकारी कर्मचारी मङ्गले ज्यामीको आचरण सकियो !
दुला टाल्न खोज्दा टलबाहादुरको भकारीको धन सकियो, उपकारी उपकारबाजेको गुणी उदारवादी मन सकियो। सरकारको वेवास्ताले राजु सदाको प्राणसङ्गको धैर्यता सकियो, निर्मलाका आमाको आँसु सकियो, पल्ला घरे साईंलोको न्याय सकियो, अल्छि पुरण शाहको कर्म सकियो, सुङ्गुरको मासु खाने उत्पात सुङ्ग्मान बाहुनको धर्म सकियो !! अब देश तर्फ लागौ है , जातको युद्ध सकियो, बेतुकको बाचा सकियो, अस्पतालमा डाक्टरप्रतिको विश्वास सकियो, अदालतमा न्यायाधीशको आदेश सकियो, बैंकमा ऋणको सस्तो ब्याज सकियो, मण्डिमा सस्तो प्याज सकियो !! यातायातमा बिना सिन्डिकेटको लफडा सकियो, छिमेकीसङ्गको सिमानाको झगडा सकियो ! हाम्रो भागको लिपुलेकको हिस्सा सकियो, भारत सङ्गको मित्रताको किस्सा सकियो ! रामको भारत जन्मको कथा सकियो, प्रधानमन्त्रीको बेसारको ब्यथा सकियो !!
गरिबको पेटको भात सकियो, साथीले धोका दिएको रात सकियो !! सबै सकियो , राजाको राज सकियो, राष्ट्रपतिको सस्तो ताज सकियो !! मधेशमा ओढ्ने च्यादरको अभाव सकियो, शितल निवासको गलैँचाको प्रभाव सकियो ! उज्यालोमा बस्ने बानी सकियो, खुलेर हाँस्ने जिन्दगानी सकियो ! सरकारको जनताप्रतिको ध्यान सकियो बिज्ञको आफ्नो क्षेत्र बिज्ञताप्रतिको ज्ञान सकियो ! नेपाल हो सबै सकियो !! म थाकेँ के भन्नू अब ! भन्दा भन्दा लेख्दा नसकिने शब्द सकियो !! त्यसैले त कैयौँ रात सकियो ! त्यसैले त कैयौँ दिन सकियो !! अब कोरोना आयो निरोगिता सकिँदैछ सबैतिर ! बेलैमा सचेत नहुने भए नेपाल नै सकिन बेर छैन !! सचेत सजग र सुरक्षित रहनु होला सबै सकियो अब तपाईं हामी बाँकी छौँ ! त्योपनि यहि सरकारी ताल हो भने छिट्टै सकिन्छ !लौ न यहाँ कति लेखौँ मेरो पेनको मसी सकियो !!
लेखक कृष्ण प्रसाद आचार्य सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा जन्म भई हाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्था खानेपानीको कार्यालय प्रमुख पदमा रहि कार्यमा काम गदै आउनुभएको छ ।
कमेन्ट गर्नुहोस !