२ जना स्वास्थ्यकर्मी सहित अर्घाखाँचीमा ७ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिकाबाट पिसिआर गर्न पठाइएको मध्य २ जना स्वास्थ्यक्रमी सहित ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।यो संगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ८८ मध्ये कोरोना निको भएर ३ सय ५२ जना डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । खनालका अनुसार हाल सम्म जिल्लामा कोरोनाका कारण ४ जनको मृत्यु भएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ३२ रहेको बताइएको छ ।स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा भारत तथा छिमेकी जिल्ला बाट आएर बस्नेको संख्या १ सय ४ जना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close