सुनको मुल्य तोलामा १७ सय रुपैयाँ घट्यो

सुनको मुल्य आज नेपाली बजारमा घटेको छ । तोलामा १ हजार ७ सय रुपैयाँ घटेर तोलाको नेपाली बजारमा ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज नेपाली बजारमा तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।
कमेन्ट गर्नुहोस !