३ दिन देखि अवरुद्व सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड खुल्यो

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड विभिन्न ठाउँमा अविरल वर्षाका कारण पहिरो जादाँ शुक्रबार देखि अवरुद्ध सडक आज ३ दिन पछि खुलेको छ ।विशेष गरि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आज साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।सडक खुलेपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका सवारी साधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close