अर्थतन्त्र सबलीकरणका लागी लगानी सम्मेलन आवश्यकः सहमहामन्त्री पाण्डे

बुटवल । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिन प्रतिदिन गिर्दै गएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भरोसापूर्ण कदम चाल्नुपर्ने जरुरी रहेको बताउनुभयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सबलीकरणमा लैजान लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय देशमा दक्ष जनशक्तिहरु बाहिरिदै जानु राज्यका लागि गम्भिर कुरा भएको उल्लेख गर्दै स्थानीय तहहरुबाट प्रभावकारी काम हुन नसकेको जिकिर गर्नुभयो । जनतामैंत्री, विकास र समृद्धितर्फ देश जान नसकेकाले जनतामा निराशा छाउदै गएकोले त्यसतर्फ सत्ता र प्रतिपक्ष दलले महत्वपूर्ण कदम चाल्नुपर्ने समय आएको बताउनुभयो । उहाँले कोशी प्रदेशमा देखिएको समस्या काँग्रेसको आन्तिरक घटनाक्रमले बढेकाले कुनै पार्टीको बहुमत नभएकाले उक्त प्रदेशमा राजनितीक किचलो बढ्दै स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशको समस्यालाई समाधान गर्न जटिल परिस्थितिमा प्रदेश प्रमुखले कानुनी परामर्श र कानुन बमोजिम निकास दिनुपर्ने बताउदै प्रदेशको समस्या मुख्यमन्त्री स्वंयमले समाधान गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिन अगाडि बढ्न आग्रह गर्दै प्रदेश सञ्चालन गर्न संघबाट कुनै रोकतोक नभएको स्पष्ट पार्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close