अभिनव चौहानको निर्देशनमा मार्मिक दशैँ गीत सार्वजनिक

सागर महत /अर्घाखाँची ।
यतिबेला नेपाली गीत संगीतको बजारमा दशैँहरु व्यापक रुपमा सार्वजनिक भैरहेका छ।यसै क्रममा अभिनव चौहानद्वारा निर्देशित फेरि आयो दशैंँ बोलको गीत पनि हिजो राति बिन्दबासिनी म्युजिक प्रा.लि.को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।यस गीतमा विशेषगरी गरिबीको कारणले परदेशिएको र बिदा नपाउदा घरमा आउन नपाएको अवस्थालाई चित्रण गर्न खोजिएको छ।।
यस गीतमा अनुषा राम्जाली र पशुपति रिजालले आवाज दिएका हुन भने तेजेन्द्र रिजालको लय शब्द सिर्जना छ।त्यसैगरी प्रकाश क्षेत्री र सारिका केसी अभिनय अभिनव चौहानको निर्देशनमा तयार भएको यस गीतमा विरेन्द्र भट्टको छायांकन र विकास ज्ञावालीको सम्पादनमा गीत सार्वजनिक भएको छ।
मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यसलाई बिन्दबासिनी म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। यस गीतलाई पूरा भिडियो सहित हेर्नुहोस्
पूरा भिडियो
कमेन्ट गर्नुहोस !