नायिका पूजा शर्माले नायकद्धय पल शाह र आकाश श्रेष्ठसँग चलचित्र र म्यूजिक भिडियोमा

नायिका पूजा शर्माले नायकद्धय पल शाह र आकाश श्रेष्ठसँग चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, पूजा, पल र आकाशले एकसाथ काम भने गरेका थिएनन् ।उनै, पूजाले शनिबार फरक अनुभुती गरिन् । म्यूजिक भिडियोमा जमिरहेका दुई नायक पल शाह र पूजा आकाश श्रेष्ठसँग पूजाले एकसाथ काम गरेकी छिन् । नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा, नायकद्धय पल शाह र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

निर्देशक विधान कार्कीलाई तीन सफल कलाकारलाई म्यूजिक भिडियोमा उतार्न सहज थिएन । यसैले, उनी भिडियोलाई उत्कृष्ट बनाउन लागिपरेका थिए भने छायांकार उत्सव दाहालको व्यस्तता पनि उस्तै थियो ।संगीतकार अर्जुन पोखरेलको संगीतमा समावेश ‘काले केटा २’ बोलको गीतमा पल, पूजा र आकाशलाई पहिलो पटक एकसाथ देखाइएको हो । दुर्गा खरेल र अर्जुन पोखरेलको यो गीतमा स्वर छ ।

गयिका दुर्गा खरेलले थुप्रै गीतमा स्वर भरेपछि ‘काले केटा’ले उनलाई दर्शकमाझ स्थापित गर्यो । यसैले पनि यो गीतको दोश्रो श्रृङ्खलाका लागि उनी पनि मिहिनेत गरिरहेकी थिइन् । यो गीतमा ध्रुवप्रसाद अमगाँइको शब्द छ ।छायांकनका क्रममा संगीतकार अर्जुन पोखरेलको जन्मदिन समेत सेलिव्रेशन गरिएको थियो ।अनलाइन खबर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close