अर्घाखाँचीका सर्जक अभिनव चौहानको शब्द सिर्जनामा गीत सार्वजनिक

अर्घाखाँची। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकामा जन्मिएका चौहानका गीतहरु निरन्तर सार्वजनिक भैरहेका छन्।ऊनी विगत २/३ वर्ष यता गीत संगीतमा सक्रिय रुपमा लागि रहेका छन्।मोडल बन्ने रहरमा काठमाडौं छिरेका चौहान सफल सर्जक बन्न पुगे।हुन त ऊनी अभिनय गरेका गीतहरु पनि बेलाबखतमा आइरहेका हुन्छन्।तर पनि उनले अभिनय गरेका गीतको तुलनामा उनले सिर्जना गरेका गीतहरु आइरहेका छन् । त्यस्तैगरी उनको शब्द सिर्जनामा पागल भाको छु बोलको गीत आज सार्वजनिक भएको छ।

कृष्ण लामिछानेको लय सिर्जना राकेश सोनीको एरेन्ज अभिनव चौहानको शब्द त्यसैगरी कृष्ण लामिछाने र विन्दु बिसीको आवाजमा “पागल भाको छु” बोलको गीत सार्वजनिक भएको हो। जुना गुरुङ , पदम भट्टराई र विनोद खद्काको सशक्त अभिनय रहेको यस गीतमा विष्णु भट्टराईले छायांकन, निर्देशन र सम्पादन गरेका हुन्।मंगलम रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको गीतको दृश्य निर्माण अविरल फिल्मबाट गरिएको छ। यस गीतको भिडियो अनिता खड्का अफिसियल युटुब च्यानलमा हेर्न तथा सुन्न सक्नुहुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close