यि हुन अर्घाखाँचीका सक्सेस जसले नमुना हवाइ जहाजको उडान परिक्षण सफल गरे

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय बालकले निर्माण गरेको नमुना हवाइ जहाजको परिक्षण सफल भएको छ ।सक्सेस जिसीले बनाएको हवाइ जहाजको दाङको टरिगाउँ विमानस्थलमा उडान परीक्षण गरिएको थियो । हाल दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जिसीले सेस्ना मोडेलको ४० इञ्च लम्बाइ र ५४ इञ्च चौडाइ रहेको ८ सय ग्राम भन्दा बढि तौल भएको नमुना जहाज बनाएका थिए ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कक्षा ८ सम्म पढेको र कक्षा ९ देखि गुरुकुलमा पढ्न गएको बताए ।यो जहान निर्माण गर्न करिब २० हजार खर्च लागेको उनको भनाइ छ ।

उनले भने,‘ मैले यस अघि तिन वटा बनाइ सकेको थिए । तर, ति सफल भएका थिएनन् । यो मेरो चौथो प्रयास हो उडान सफल भए, धेरै खुशी लागेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close