अर्घाखाँची व्यापार संघको आयोजनामा सन्धिखर्कमा कर शिक्षा कार्यक्रम सम्पन्न

सागर महत,सन्धिखर्क ।अर्घाखाँची व्यापार संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय ,सन्धिखर्कको सहजीकरणमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर शिक्षाको अभावमा धेरै व्यवसायीहरूले समस्या भोग्दै आएकोले कर शिक्षा कार्यक्रम गरिएको अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खडकाले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका १ मा भएको कार्यक्रममा व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।यस्तै उनीहरुले अहिले बुटवलबाट सामान खरिद गरि बिना दर्ता भएका व्यवसायीले गाउँगाउँमा सामान पुर्याउँदा सदरमुकाम सन्धिखर्कका व्यवसायीहरुले अब सटर बन्द गर्ने अवस्थाको आएको बताएका थिए ।यो सुधार गर्नको लागि सरकारी निकाय जिम्मेवार हुन आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख महेन्द्र पुरीले कारोबारको लेखा कसरी राख्ने ?, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा उत्साजनक व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close