नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुग्यो

सबैको सन्देश /काठमाण्डौ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६ सय७६ पुगेको मन्त्रालयले जनाएको छ ।त्यस्तै बितेको २४ घण्टामा १६ सय८० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

अब नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ पुगेको बताइएको छ।यता बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६सय पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close