एकै दिन नेपालमा हाल सम्मकै उच्च कोरोना सङ्क्रमण ५ हजार बढी

सबैको सन्देश/ काठमाण्डौ ।
काठमाण्डौ – नेपालमा बितेको २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या १ लाख ५हजार छ सय ८४ पुगेको छ ।यस्तै बितेको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार २ सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएसँगै कोरोना बाट नेपालमा मृत्यु हुनेको संख्या छ सय १४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !