सुपादेउरालीमा पर्यटन सुचना डेक्स स्थापना

सन्धिखर्क ।पत्रकार महासंघ अर्घाखाँचीले सुपादेउराली मन्दिर नजिकै पर्यटन सुचना डेक्स स्थापना गरेको छ।जहाँबाट जिल्लाका पर्यटकीय गन्तव्य स्थानको बारेमा जानकारी पाउन सकिन्छ ।जिल्लाको पर्यटकीय क्षेत्रको पहिँचानको लागि डेक्स स्थापना गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउनुभयो ।

यो अभियान सफल बनाउनको लागि सबैमा अपिल गर्नुभएको छ । डेक्समा १ जना महिला कर्मचारीलाई जिल्लाका ६ वटै पालिकामा रहेका पर्यटकीय स्थलको बारेमा जानकारी दिनको लागि राखिएको उहाँले बताउनुभयो ।विशेष गरि सुपादेउराली आएका आन्तरीक तथा बाह्य पर्यटकलाई जिल्लाका फरक फरक ठाउँमा पुर्याउनको लागि यो डेक्सको महत्व हुने महासंघ अध्यक्ष खनालको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close