लुम्बिनी प्रदेशमा रासायनिक मल उत्पादन गर्ने मन्त्री पौडेलको भनाई

सागर महत /अर्घाखाँची ।
लुम्बिनी प्रदेशमा अब रासायनिक मल उत्पादन गर्ने लुम्बिनी प्रदेशकी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल बताउनुभएको छ । यसका लागि प्रदेश सरकार निजी उद्योगसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभयो । प्रत्येक वर्ष मलको अभाव हुँदा कृषकले उत्पादनमा कमी आएको गुनासो राखेकाले प्रदेश सरकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।

यस्तै उहाँले लुम्बिनी प्रदेशका सबै पालिकामा कोसेली घर सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ । सािन्धखर्कमा पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । अर्के तर्फ किसानलाई बजार सहज होस भनेर स्थानीय तहमा सहकारी बजार सञ्चालन गर्न प्रदेश सरकार लागि परेको मन्त्री पौडेलको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close