कविता– गोब्रे किरा

संसारमा देख्ने बुझ्ने धेरै कुरा छन् ।
आज देखें गोब्रे किरा छक्कै परे म,
देखेर नै धेरै कुरा सिक्न सकिनछन् ।
धेरै कुरा तिम्रो हाम्रो वरीपरी छन ।।
गोबरमै जन्म भई गोबरमै घर ।
गोबरसंगै खेल्दो रैछ गोला बनाएर ।।
गोबरका गोलागोला डल्ला पार्दापार्दा ।
छक्कै परें डल्लासंगै गुल्टुङ्बाजी मार्दा ।।
कैले हुन्थ्यो डल्लामाथि कैले डल्लामुनि ।
थाहाछैन विचरालाई फोहर भन्ने पनि ।।
भो भो आमा मैले त फोहर खेलाउँदिन ।
फोहरसंग खेल्नेलाई मैले रुचाउँदिन ।।
फोहरसंग खेल्यो भने धेरै रोग लाग्छ ।
सफासुघर रह्यो भने रोग टाढा भाग्छ ।।
लेखकः पिताम्बर बञ्जाडे द्वारा लिखित (बाल कविता )

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close