लुम्बिनी प्रदेशमा टिम्मुर सम्मेलन किसान उत्साहित पार्ने गरि नीति तथा कार्यक्रम ल्याउन सुझाब

सुर्य प्रसाद भुसाल ,सन्धिखर्क ।लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेस सरकारले जनता लाई उत्साहित पार्ने गरि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बिश्वास ब्यक्त गरेका छन ।
लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि ब्यबस्था मन्त्रालय बन तथा बाताबरण मन्त्रालय ले प्रदेश राजधानी मा आयोजना गरेको टिम्मुर सम्मेलन लाई सम्बोधन गर्दै सभामुख घर्ती ले सरकारले अब ल्याउने नीति तथा कार्यक्रममा टिमुरको विषयलाईप्राथमिकता मा राखेर सार्वजनिक गर्ने र किषानहरु लाई उत्साहित बनाउने बताएका हुन ।

सभामुख घर्ती ले किसानलाई नयाँ उत्साह र किषानको स्तर बृर्दिका लागि टिमुर सम्मेलन महत्त्वपूर्ण उपयोगी हुने पनि बताएका हुन ।घर्ती ले भने यो सम्मेलन कष्टकर जीवनबाट सहज बनाउने उद्देश्यले महत्वपूर्ण हुनेछ वस्तु विनियमको जमनामा हाम्रो पाला भन्दा अगाडि टिमुर बेचेर नुन बोकेर खान्थ्यौँ। कोइलाबासमा टिमुर लगेर नुन ल्याएन्थ्यो भट्ट ले चामल साट्ने गरेको समेत सुनाए ।
कार्यक्रममा सहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले प्रदेशलाई समृद्ध बनाउनका लागी टिमुरको मुल्य निर्धारण गरि बैज्ञानिक आधारमा उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा बन तथा बाताबरण मन्त्री अर्जुन केसिले प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने सम्भावनाको खोजीका क्रममा टिम्मुर सम्मेलन गरिएको र यसका बिषयमा बिश्व बिधालयका बिज्ञहरु सग समेत छलफल गरेर अगाडि बढने बताए । मन्त्री केसिले भने हामीले टिमुर सम्मेलन आयोजना गरेका छौँ’यो सफल हुने छ अगाडि भने ,‘आगामी दिनमा हाम्रो प्रदेशका उत्पादन हुन सक्ने कृषिजन्य उपजहरुलाई अगाडि बढाउने सन्दर्भमा घनिभूत छलफल गर्न जरुरी छ। सबैले साझा प्रतिवद्धता व्यक्त गरेर टिमुरबाट आर्थिक आम्दानि बृर्दि हुने दाबि गरेप्रदेस सरकारका अर्थ मन्त्री चेतनारायण आचर्यको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने बक्ता हरुले टिम्मुरको बिषयमा बजेट ब्यबस्थापन गर्न सुझाब दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेस सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले आर्थिक बर्ष २०७८र०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको हुन सक्ने आकलन गरिएको बताउदै टिम्मुर लाई ब्यबसायिक खेतिको रुपमा बपकास गर्दा आयआर्जन मा उल्लेखनीय बृर्दि हुने बताए । कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव नम्रता सिंहले टिमुरमा औषधीय गुण अधिक रहने जानकारी दिदैे टिम्मुर उत्पादनमा सरकाले चासो दिनु पर्ने बताईन ।
लुम्बिनी प्रदेसमा टिमुरको व्यवसायीक खेती गर्ने र निर्यात गरेर प्रदेशको आर्थिक विकास र समृद्धिको खाकाको बारेमा समेत चर्चा गरिएको छ। पहिलो पटक टिमुर सम्मेलन गरेर यसबारे खोजीनीति थालिएको हो लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची गुल्मी प्युठान लगाएतका जिल्लामा टिमुर खेती हुने गरेको छ।
लुम्बिनी प्रदेशमा १० लाख भन्दा बढि हेक्टर वन क्षेत्र छ जस मध्य ५५ हजार हेक्टरमा टिमुर खेती गर्न सकिने अध्यान भएको डिभिजन वन कार्यालय अर्घाखाँची का बरिस्ठ डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । पौडेल का अनुसार एक हेक्टर जमिनमा ४ सय भन्दा बढि विरुवा हुर्काउने सकिने, एउटा विरुवाबाट मात्रै तीन देखि ४ केजी सम्म टिमुर उत्पादन गर्न सकियो भने प्रति बर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने अध्यानले देखाएको पौडेल मध्याह्न लाई बताए ।
अहिले बजारमा प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सय देखी ८ सय रुपैयाँ किलोमा सहजै विक्रि हुने गरेको किषानहरु बताउछन् । टिम्मुर लाई रुपैयाँ मा बदल्नेगरी प्रभावकारी योजना बनाउन नसक्दा आर्थिक उपार्जनमा योग्दान पुग्न नसकेको सरोकारवाला बताउछन । कार्यक्रममा सामसदहरु मन्त्रालयका कर्मचारी हरु डिभिजन बन अधिकृत लगाएत सरोकारवाला मन्त्रालयका कर्मचारी हरु सन्चारक्रमि हरुको उपस्थिति रहेकोथियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close