उदयपुरमा स्कारपियो दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

उदयपुर भदौरेमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति १ बजे कटारी नगरपालिका वडा नम्बर १४ स्थित सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल स्कारपियो खस्दा पाँच जनाको मृत्यु भएको हो।

बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित तीन जना घाइते छन्। उनीहरू भारतबाट ओखलढुंगा आउँदै गर्दा दुर्घटनामा परेका हुन्।

घटनास्थलमा प्रहरी पुगेको र घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको उदयपुरका एसपी भीमबहादुर दाहालले  बताए।

घाइते चालकका अनुसार ब्रेक फेल भएर स्कारिपयो दुर्घटना भएको प्रहरीले बताएको छ।

मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

एसपी दाहालका अनुसार ओखलढुंगा मानेभञ्याङ ९  माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र सोही ठाउँका २६ वर्षका कर्ण साकीको पहिचान खुलेको छ।

मृत्यु भएका अन्य तीन जना करिब ३० वर्षकी महिला, ३० वर्षका पुरूष, ५० वर्षका पुरूषको भने नाम खुल्न बाँकी छ।

चालक रूपन्देहीका २८ वर्षीय पवन खड्का हुन्। उनको कटारी अस्पतालमा उपचार भइरहेको एसपी दाहालले बताए।

यस्तै ओखलढुंगाकी १८ वर्षीया कल्पना सार्की घाइते छिन्। उनको कटारी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट छ।

अर्की घाइते कुमारीमाया सार्कीको पनि उपचार जारी छ। उनको दाहिने खुट्टामा चोट छ। उनको अवस्था सामान्य छ। -सेतोपाटीबाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close