नेपालमा हाल सम्म १ लाख १५ हजार भन्दा बढिले कोरोना जिते

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ४१ जना मा कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।जसमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।अब नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।यस्तै पछिल्लो २४ घन्टा मा १५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।योसँगै कुल नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।
कमेन्ट गर्नुहोस !