स्वग्रीय मिनु भुसालको सम्झनामा काङ्ग्रेस सन्धिखर्क २ द्धारा शोक सभा सम्पन्न

विक्रम /पाण्डे समान्ता
नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा नं। २ को आयोजनामा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला पूर्व पार्टि सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसादकी धर्मपत्नी स्वग्रीय मिनु भुसालको ७ औँ दिनको पुण्य थितीको अबसरमा शोक सभा कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
शोक सभालाई संबोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाहले मिनु भुसालको निधनले सिङ्गो नेपाली काङ्ग्रेसलाई अपुरणीय क्षेती भएको बताउँदै मिनु भुसालले पार्टीमा रहेर पुराएको योगदानको चर्चा गर्नुभयो । शाहले पार्टिमा रहेर सकारात्म भुमिका निर्वाह गर्नुभएकी भुसालको नेपाली काङ्ग्रेसले सधै उच्च मुल्याङकन गर्ने बताउनु भयो ।
शोक सभा कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान , गुल्मि जिल्ला सभापति भुवन श्रेष्ठ , रुपन्दही जिल्ल उपसभापति फणिन्द्र शर्मा , अर्घाखाँची जिल्ला उपसभापति , शान्ता भण्डारी , गुल्मि जिल्ला सचिव खिलध्वज पन्थी , गुल्मी जिल्ला महासमिति सदस्य महेन्द्र भण्डारी , रुपन्देही उपमहानगरपालिका सभापति खेलराज पाण्डे , तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का , नेविसंघ जिल्ला अध्यक्ष भरतमणि भट्टराई लगायतले शोक ब्यक्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा क्षेत्र नं। १ का सभापति केसवराज कुँवर , सचिव तारा प्रसाद फुल्लेल , पूर्व पार्टि कोषाध्यक्ष हरि बहादुर खड्का , मालारानी गाउँपालिका सभापति शोभाखर खनाल , नेपाल पत्रकार महासंघका जिल्ला सचिव सूर्य भुसाल , नेपाल प्रेस युनियन जिल्ला सदस्य विक्रम पाण्डे , सन्धिखर्क १२ वार्ड सभापति लिलाधर बस्याल , सन्धिखर्क १ का सभापति माधव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सनपा २ का पार्टि सभापति विष्णु भुसालको सभापतित्व तथा हुम प्रसाद बन्जाडेको संचालन रहेको थियो ।
स्वग्रीय मिनु भुसालको कार्तिक ८ गते ४५ वर्षको उमेरमा निधन भएको थियो । भुसाल डेढ बर्ष देखि अलजाइमर लगायतका रोगका कारण ग्रसित हुनुहन्थ्यो ।
कमेन्ट गर्नुहोस !