नेप्से २३ अङ्कले घट्यो

शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ।
स्टकका अनुसार बुधबार कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रूपैयाँमा खरिद बिक्री भयो। बुधबार कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ।
बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीमा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटेको छ।
बुधबार सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयर धनीले धेरै कमाए ।
कारोवार रकमका आधारमा नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर १५ करोड ७१ लाख १०५ रूपैयाँमा खरिद बिक्री भयो।
कमेन्ट गर्नुहोस !