अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन जित नजिक, ट्रम्प अदालतको ढोका ढकढक्याउँदै

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुग्नुभएको छ ।हिजो मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उहाँ जित नजिक पुग्नुभएको हो ।४वर्ष अगाडि सोहि राज्य उनीहरूको हातबाट चुनावको परिणाम फुस्केको थियो।यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको त्यहाँका संचार माध्यमले जानकारी दिएका छन ।राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाउनुभएको ट्रम्पले २ सय १४ भोट पाउनुभएको छ।अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।
कमेन्ट गर्नुहोस !