मास्क प्रयोग गर्न छाड्दै गएपछि सन्धिखर्कमा सचेतना मुलक कार्यक्रम

सबैको सन्देश /अर्घाखाँची ।
नेपालीहरुको दोस्रो चाड तिहारको अवसरमा सन्धिखर्कमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ। शसस्त्र प्रहरी बल अर्घाखाँचीको आयोजनामा विशेष गरि पछिल्लो समयमा मानिसहरुले कोरोनाबाट बच्न मास्क प्रयोग गर्न छाड्दै गएपछि सन्धिखर्कको शान्ती बगैचामा मास्कको प्रयोग बढाउन तथा हात धुने बानीको बिकास गर्न हातधुन सिकाउदै मास्क बितरण कार्यक्रमको सुरु गरिएको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक राम कृष्ण महर्जनले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !