केहि महिना यताकै सबै भन्दा कम कोरोना पुष्टि, ५ सय २ जनामा

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २ जनामा कोरोना पुष्टि भएको छ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८ सय ७८ जना निको भएर घर फर्किए छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।अब देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, गएको २४ घण्टामा १७ जनाको मृत्य ुभएसँगै कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !