अर्घाखाँचीमा सुन्तला बेच्न गएका पुरुष मृत फेला

सागर महत /अर्घाखाँची
अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपादेउराली मन्दिर नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ का १९ वर्षिय अनिल आचार्य मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।
उहाँ आइतबार घर बाट सुन्तला बेच्न सुपादेउराली मन्दिरमा गएको र घर साझँ नआएपछि घर परिवारले खोज्न प्रहरी लाई खबर गरि खोजि गर्दा आज मन्दिर नजिकको भीरमा मृत अवस्थामा फेला परेको सुचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।साथै यस बारे थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !